लीलाबल्लभमाथि मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

हिमाल प्रेस १६ मंसिर २०८१ १६:५७
14
SHARES
लीलाबल्लभमाथि मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ लीलावल्लभ अधिकारी

काठमाडौँ- कोशी प्रदशेका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीविरूद्ध मुद्दा चलाउन माग गर्दै दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ।

अधिकारीमाथि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदन सर्वोच्चले दरपीठ गरिदिएको हो।

त्रिपाठीले मुद्दा नचल्लने निर्णय बदरको माग गर्दै पुनःअनुसन्धान गरी मुद्दा दायर गर्ने निर्देशनको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।

अधिकारीमाथि मुद्दा नचलाउने जिल्ल सरकारी वकिल कार्यालय काठमाडौँको निर्णय गैरकानुनी, बदनीयतपूर्ण एवं स्वेच्छाचारी भएको उनले रिट निवेदनमा उल्लेख गरेका थिए।

सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ गरेपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले यसका विरूद्ध तत्काल इजलाससमक्ष निवेदन पेश गर्ने बताएका छन्।

प्रकाशित: १६ मंसिर २०८१ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast