मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित

हिमाल प्रेस १५ मंसिर २०८१ १७:०२ | Saturday, November 30, 2024
मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित

काठमाडौँ– मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षापछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

यो सङ्ख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ भने अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन्।

केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको सङ्ख्या रेकर्ड भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्याङ्कअनुसार केलान्तान राज्य बाढीको चपेटामा परेको छ। बाढीको बाट प्रभावित हुने मध्ये ६३ प्रतिशत रहेका छन्।

तेरेन्गानुमा लगभग ३५ हजार मानिसहरू विस्थापित भएका थिए भने बाँकी विस्थापितहरू अन्य सात राज्यहरूबाट रिपोर्ट गरिएको थियो।

यस हप्ताको सुरुमा भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिसहरू जलमग्न सडकहरूबाट हिंडिरहेको देख्न सकिन्थ्यो।

प्रकाशित: १५ मंसिर २०८१ १७:०२ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast