काठमाडौँ- सरकारले सामाजिक सन्जाल प्रयोगकर्तालाई २४ घण्टै ‘कडा निगरानी’ गर्ने भएको छ।
गृह मन्त्रालयका अनुसार फेसबुक टिकटक, घृणाजन्य र भ्रम फैलाउने पोस्ट पढ्न थालेपछि नियमन थालिएको गृह मन्त्रालय स्रोतले जनाएको हो।
सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।
पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
प्रकाशित: १५ मंसिर २०८१ ८:१२
प्रतिक्रिया