हाकिम र ब्रिजेशको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक

हिमाल प्रेस १४ मंसिर २०८१ १३:४० | Friday, November 29, 2024
हाकिम र ब्रिजेशको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक

काठमाडौँ- र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठको संयुक्त प्रस्तुतिमा  ‘चिसो चिसो हावाले’ बाेलकाे र्‍याप गीत सार्वजनिक भएको छ। गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताए। उनले भने ‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ। यो गीत मलाई मध्यरातमा फुरेको थियो।’

गायक श्रेष्ठकाे शब्द रहेकाे गीतको भिडियोमा  उनीसहित, र्‍यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन्। विवेक मगरको छायाङ्कन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको हो।

 र्‍यापर हाकिमको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’,‘डल्ली’ लगायतका गीत लोकप्रिय छ।

प्रकाशित: १४ मंसिर २०८१ १३:४० | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast