अन्त:शुल्क स्टिकर खरिदमा घोटाला : तत्कालीन कार्यकारी निर्देशक पौडेललाई आठ वर्ष कैदको फैसला

हिमाल प्रेस १३ मंसिर २०८१ १७:००
10
SHARES
अन्त:शुल्क स्टिकर खरिदमा घोटाला : तत्कालीन कार्यकारी निर्देशक पौडेललाई आठ वर्ष कैदको फैसला

काठमाडौँ– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध आठ वर्ष कैद सजायको फैसला आएको छ। बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारु, रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।

कात्तिक १४ गते दोषी ठहर भएका पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि आठ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन आदेश जारी भएको हो।

उनीहरूमाथि अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत असार ९ गते पौडेलसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

प्रकाशित: १३ मंसिर २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast