मकवानपुरमा कन्टेनर पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हिमाल प्रेस १३ मंसिर २०८१ १२:१८ | Thursday, November 28, 2024
मकवानपुरमा कन्टेनर पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ- काठमाडौँ आउँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको हो।

वीरगन्जजबाट काठमाडौँ आउँदै गरेको मधेश प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी आज बिहान साढे १० बजे अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार कन्टेनर पल्टिँदा मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी ३० वर्षीय कन्टेनर चालक महेश मोक्तान घाइते भएका छन्।

मोक्तानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। अर्यालको भनाइमा दुर्घटनापछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिको छ।

प्रकाशित: १३ मंसिर २०८१ १२:१८ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast