अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘हस्व दीर्घ’

हिमाल प्रेस १२ मंसिर २०८१ १२:२४ | Wednesday, November 27, 2024
अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘हस्व दीर्घ’

काठमाडौँ- नेपालमा प्रदर्शनरत फिल्म ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ। फिल्म बिहीबारबाट अष्ट्रेलियाका विभिन्न हलहरुमा प्रदर्शन हुन लागेकाे हाे। अष्ट्रेलियाको सबै सहरमा फिल्म प्रदर्शन हुने फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले बताइन्।

नेपालमा दर्शकबाट अत्याधिक माया पाएसँगै फिल्मको विदेशमा माग बढेको अभिनेत्री ढुंगानाको दाबी छ। फिल्म अष्ट्रेलियामा इभेन्ट सिनेमाज, युनाइटेड सिनेमाज र भिलेज सिनेमाले रिलिज गर्न लागेका हुन्।

नेपालमा दोस्रो सातामा फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ। अहिले निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न मोफसल यात्रामा छ। प्रेम कथामा आधारित फिल्मका निर्देशक चन्द्र पन्त हुन्।

फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम्, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ। फिल्मले नेपालमा लगानी उठाइसकेको टिमको दाबी छ।

हरिहर अधिकारीको कथा रहेको फिल्ममा उनीसहित प्रतीक पौडेल, निर्देशक पन्तको पटकथा तथा संवाद लेखन छ। फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेका हुन्। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म तेलुगु र हिंन्दी भाषामा पनि प्रदर्शन हुनेछ।

प्रकाशित: १२ मंसिर २०८१ १२:२४ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast