३ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा सिटी

हिमाल प्रेस १२ मंसिर २०८१ ७:२१ | Wednesday, November 27, 2024
३ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा सिटी

काठमाडौँ- म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा फेयनोर्डविरुद्ध तीन गोलको अग्रता लिएर पनि ३–३ को नाटकीय बराबरीमा चित्त बुझाउनु परेको छ।

इतिहाद रंगशालामा घरेलु समर्थकहरूले खेलको अन्त्यतिर निराशा व्यक्त गर्दै आफ्नै टोलीको आलोचना गरेका थिए।

सिटीले ५० मिनेटभित्र तीन गोल गर्दै स्पष्ट अग्रता लिएको थियो। एर्लिङ हालान्डले दुई गोल गरेका थिए भने इल्के गुन्डोगानको अर्को गोलले टोलीलाई मजबुत बनाएको थियो। तर, खेलको अन्तिम १५ मिनेटमा फेयनोर्डले असम्भव पुनरागमन गर्‍यो। एनिस हाज मौसाले ७५, सान्टियागो गिमेनेजले ८२ र डेभिड ह्यान्कोले ८९औं मिनेटमा गोल गर्दै सिटीलाई स्तब्ध बनाए।

ओप्टाका तथ्यांक अनुसार ग्वार्डिओलाको प्रशिक्षण क्यारियरमा ३–० को अग्रता लिएर पनि जित्न असफल भएको पहिलो पटक हो। यस बराबरीसँगै सिटीले च्याम्पियन्स लिगको अंक तालिकामा पाँचौं स्थानमा पुग्ने मौका गुमाएको छ। सिटी १५औं झरेको छ।

सिटीले अब आइतबार प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलविरुद्ध खेल्ने तयारी गर्दैछ।

प्रकाशित: १२ मंसिर २०८१ ७:२१ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast