ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहान्छौँ : मेयर महर्जन

हिमाल प्रेस ११ मंसिर २०८१ २०:५७
14
SHARES
ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहान्छौँ : मेयर महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा सफा र व्यवस्थित सहर घोषणा गराउन चाहेको बताएका छन्।

स्थानीय व्यापारीहरूको समस्या समाधानको निमित्त ललितपुर तयारी पोसाक व्यापार संघको ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझ्दै आज (मंगलबार) महानगर प्रमुख महर्जनले आफूहरू शासक नभई जनताको सेवक भएको बताए। उनले स्थानीय नागरिक र व्यापारीको हितलाई ध्यानमा राखेर सेवा प्रवाह गर्दै ललितपुरलाई सफा, सुन्दर र ‘स्मार्ट सिटी’ बनाउन लागिपर्ने बताए।

ललितपुर तयारी पोसाक व्यापार संघका संस्थापक अध्यक्ष तथा ललितपुर चेम्बर आफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले पछिल्लो समयमा व्यापार घट्दो अवस्थामा रहेको बताउँदै अव्यवस्थित फुटपाथ बजारलाई हटाइ भाडामा बस्ने व्यवसायीलाई संरक्षण गरिनुपर्ने बताए। उनले सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीलाई सहजरूपमा व्यवसाय गरी आम्दानी गरेर कर तिर्ने वातावरण तयार गर्न महानगरलाई आग्रह गरे।

प्रकाशित: ११ मंसिर २०८१ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast