बागमती सरकारले दियो दुई सचिवलाई थप जिम्मेवारी

हिमाल प्रेस १० मंसिर २०८१ २०:२५ | Monday, November 25, 2024
बागमती सरकारले दियो दुई सचिवलाई थप जिम्मेवारी

मकवानपुर- बागमती प्रदेश मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ।

उक्त बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमि तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

उक्त बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।

सो बैठकले बागमती प्रदेश खेलकुद विकास परिषद्मा चार जना सदस्य नियुक्त गरेको छ। नवनियुक्त परिषद्को सदस्यमा क्रमशः ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनका नवीना खनियाँ र रामेछापका कल्पना खड्का नियुक्त भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०८१ २०:२५ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast