धरहरा चढ्न शुल्क : कसलाई कति छुट?

हिमाल प्रेस ९ मंसिर २०८१ ९:१३
20
SHARES
धरहरा चढ्न शुल्क : कसलाई कति छुट?

काठमाडौँ- आज आइतबारबाट धरहरा चढ्दा शुल्क लाग्ने भएको छ।

धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ। विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले भने उक्त रकममा ५० प्रतिशत छुट पाउनेछन्। उनीहरूले एक सय रुपैयाँ तिरे पुग्ने बताइएको छ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

धरहरा परिसर प्रवेश गर्दा पनि ५० रुपैयाँ शुल्क लाग्नेछ। धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन शुल्क प्रतिघण्टा ५ हजार र व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका व्यावसायिकबाहेकको विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार रुपैयाँ पर्नेछ। प्रत्येक बुधबार एक दिन भने धरहरा चढ्न बन्द गरिनेछ।

प्रकाशित: ९ मंसिर २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast