बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

हिमाल प्रेस ९ मंसिर २०८१ ७:४२ | Sunday, November 24, 2024
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ- बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ। स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो।

गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५ सहयोग गरेका थिए। दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए।

सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ। भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उनले बताए।

गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

समाजसेवी गुरुङप्रति उनले कृतज्ञता ज्ञापन गर्दै समाजमा उनीजस्ता धेरैको खाँचो रहेको बताए।

प्रकाशित: ९ मंसिर २०८१ ७:४२ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast