गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

हिमाल प्रेस ८ मंसिर २०८१ ९:०६ | Saturday, November 23, 2024
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम गोरखा। गोरखामा मौलिक र परम्परागत सिप पछिल्लो पुस्तामा हस्तान्तरणका लागि गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले छात्राहरुलाई प्रदान गरेको दुनाटपरी बुन्ने तालिममा सहभागीहरु।

गोरखा- द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्रालाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ। क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको हो।

‘क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ,’ क्याम्पस प्रमुख अधिकारीले भने, ‘अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ।’

स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको उनको भनाइ छ। तालिमले उनीहरूमा उत्साह भरेको छ।

क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियानअन्तर्गत छात्राहरुका लागि दुनाटपरी गाँस्ने तालिम सञ्चालन गरेको हो। रासस

प्रकाशित: ८ मंसिर २०८१ ९:०६ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast