काठमाडौँको माछापोखरीको होटलमा २८ वर्षीय युवाको शव फेला

हिमाल प्रेस ७ मंसिर २०८१ ७:५२ | Friday, November 22, 2024
काठमाडौँको माछापोखरीको होटलमा २८ वर्षीय युवाको शव फेला सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको माछापोखरीमा बिहीबार दुईजना मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका १६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका ६ घर भएका २८ वर्षीय भोला पाठक मृत भेटिएका हुन्।

यस्तै सोही ठाउँको मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि मृत फेला परेका पुरुषको सनाखत हुन सकेको छैन। यसबारे अनुसन्धान गरिरहेको प्रवक्ता उनले बताए।

प्रकाशित: ७ मंसिर २०८१ ७:५२ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast