पाकिस्तान : साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु

हिमाल प्रेस ६ मंसिर २०८१ १८:५५ | Thursday, November 21, 2024
पाकिस्तान : साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु फाइल तस्बिर

पाकिस्तान (रासस/एएफपी)- पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ। मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन्।

शिया समुदायका दुई अलग-अलग समूहलाई कुर्रम जिल्लामा आतंककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ।

‘दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग भने।

प्रारम्भिक रिपोर्टअनुसार मृतक ६ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको उनको भनाइ छ। दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ।

एक प्रहरी अधिकारीका अनुसार दुवै समूहमा करिब ४० वटा गाडी थिए जुन प्रहरीको सुरक्षामा यात्रा गरिरहेका थिए।

सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्। पाकिस्तानमा हुने सामुदायिक झडपमा परी बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्।

गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ६ मंसिर २०८१ १८:५५ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast