काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बीआरआई सम्झौता देशहितविपरित रहेको बताएको छ। बुधबार काठमाडौँमा बसेको लोसपाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको बैठकले बीआरआई देशहितमा नरहेको ठहर गरेकाे हो।
यसअघि गत वर्ष चैत ६ र ७ गते बसेको लोसपा केन्द्रीय समिति बैठकले बीआरआई देशको हितमा नरहेको निर्णय गरेको थियो। बीआरआईबारे गत वर्ष केन्द्रीय समिति बैठकले गरेको निर्णयको सान्दर्भिकता हालसमेत कायमै रहेको ठहर जनप्रतिनिधिहरूको बैठकले गरेको छ।
उँखुको घोषणा मूल्य तोक्न माग गर्दै लोसपाले किसानलाई उँखुको भुक्तानी समयमै गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ।
जनप्रतिनिधिहरूसँगको लोसपा बैठकले बाढी र पहिरोले क्षति भएका भौतिक संरचनाको पूर्ननिर्माण एवं पीडितहरूलाई यथाशीघ्र पुर्नवासको व्यवस्थापन गर्न समेत लोसपा बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ।
यसका साथै पार्टीको आसन्न महाधिवेशनलाई मध्यनजर गरी ‘साधारण सदस्यता वितरण’ अभियान वृहत् रूपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।