महाधिवेशन सुनिश्चितताको दबाब दिन अनसन बस्दै अखिल क्रान्तिकारीका नेता

हिमाल प्रेस ४ मंसिर २०८१ १०:५५
40
SHARES
महाधिवेशन सुनिश्चितताको दबाब दिन अनसन बस्दै अखिल क्रान्तिकारीका नेता

काठमाडौँ- नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न माग गर्दै विद्यार्थी नेता आजदेखि आमरण अनसन सुरु गर्ने भएका छन्।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि विद्यार्थी नेता केशव रावल, प्रभावक गुप्ता, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन सुरु गर्न लागेका हुन्।

रावल अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख हुन् भने गुप्ता निवर्तमान उपमहासचिव, खकेन्द्र रावल र जनक ढुंगाना केन्द्रीय सदस्य हुन्।

नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गर्न लागिएको उनीहरूको भनाई छ।

प्रकाशित: ४ मंसिर २०८१ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast