झाँक्री प्रकाश भुजेलसँग मृतकका परिवारको मिल्यो कुरा, भुजेलले केही रकम दिने

हिमाल प्रेस ४ मंसिर २०८१ ७:३०
36
SHARES
झाँक्री प्रकाश भुजेलसँग मृतकका परिवारको मिल्यो कुरा, भुजेलले केही रकम दिने

काठमाडौँ- प्रकाश भुजेल र ब्रम्हखेलमा उनले चलाएको ल्यान्ड क्रुजर जिपको ठक्करबाट मृत्यु भएका दम्पतीको परिवारबीच सहमति भएको छ ।

कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो।

मृतक परिवार र भुजेल पक्षको बीचमा सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। भुजेलले केही रकम मृतकको परिवारलाई सहमति भएको छ।

दुर्घटनापछि झाँक्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुई जना बच्चा छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ४ मंसिर २०८१ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast