कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा

हिमाल प्रेस ३ मंसिर २०८१ १६:५९ | Monday, November 18, 2024
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा

इटहरी- कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचान पक्षधरहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्। प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो।

चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी दिएको छ। आन्दोलनका कार्यक्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने उल्लेख छ। पहिचानको पक्षमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन्।

प्रकाशित: ३ मंसिर २०८१ १६:५९ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast