‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

हिमाल प्रेस ३ मंसिर २०८१ १२:३८ | Monday, November 18, 2024
‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

काठमाडौँ- ‘ह्रस्व दीर्घ’ पिताको भूमिकामा अभिनय गरेका भारतीय कलाकार प्रदीप सिंह रावत नेपाल आएका छन्।फिल्मको प्रवर्द्धन गर्न उनी पत्नि कल्याणीसहित आइतबार नेपाल आइपुगेका हुन्। फिल्ममा उनले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा काम गरेका छन्।

उनको अभिनयलाई दर्शकले निकै रुचाएको खबरले उत्साहित भएका रावत दर्शकसँग साक्षात्कार गर्न नेपाल आएकाे निर्माण टिमले जानकारी दिएको छ। निर्देशक चन्द्र पन्तका अनुसार उनकाे आज काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम छ। उनी यसअघि यही फिल्मको छायांकनका लागि नेपालमा आएका थिए।

फिल्मले देशभरका हलमा उत्साहजनक व्यापार गरिरहेको छ अधिकांश सो हाउसफूल पनि भइरहेको छ। फिल्मले दुई दिनमा दुई करोड कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता अभिनेत्री नीता ढुङ्गानाले नै लगानी गरेकी छन्। फिल्ममा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।

अभिनेता हरिहर अधिकारीको कथा रहेको फिलममा उनीसहित प्रतीक पौडेल, निर्देशक पन्तको पटकथा तथा संवाद लेखन छ। फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीर लालले छायांकन गरेका हुन्।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपालीसँगै तेलुगु र हिन्दी गरी तीन भाषामा डब गरिएको छ ।

प्रकाशित: ३ मंसिर २०८१ १२:३८ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast