काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।
पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।
बैठक आज बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ।
प्रकाशित: ३ मंसिर २०८१ ९:५९ | Monday, November 18, 2024
प्रतिक्रिया



