काठमाडौँ- कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन्।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि डंगोलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
बागमती कांग्रेस प्रदेश समितिले शनिबार डंगोललाई कीर्तिपुरमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो। पार्टीका नगर समिति सभापतिसमेत रहेका डंगोलसहित मेयर पदका लागि ११ जनाको नाम सिफारिस भएको थियो।
यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसबाट इच्छा महर्जन र वडा नम्बर ४ का वडाध्यक्षमा राजेन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन्।
मनोनयन दर्ताका लागि निर्वाचन आयोगले अपराह्न ५ बजेसम्मको समय तोकेको छ।
प्रकाशित: २ मंसिर २०८१ १६:०२ | Sunday, November 17, 2024
प्रतिक्रिया





