घटनाको २ सातासम्म पनि मृतकका घरपरिवार सम्पर्कमा नआएपछि…

हिमाल प्रेस २ मंसिर २०८१ १४:२० | Sunday, November 17, 2024
घटनाको २ सातासम्म पनि मृतकका घरपरिवार सम्पर्कमा नआएपछि…

पोखरा- तनहुँको ब्यासमा एक जना मजदूरले अर्का मजदूरमाथि चक्कु प्रहार गरी हत्या गरेकोमा घटनाको दुई साता बित्दासमेत मृतकका आफन्त सम्पर्कमा आएका छैनन्।

दमौली अस्पतालमा राखिएको शव सनाखत गरी कानून बमोजिम जिम्मा लगाउनुपर्ने भएकोले तनहुँ प्रहरीले आइतबार सूचना नै जारी गर्नुपरेको छ।

गत १७ कात्तिक राति ८ बजेको समयमा ब्यास नगरपालिका वडा १०, अँधेरीभञ्ज्याङमा मजदुरी काम गर्ने ३८ वर्षीय विशाल भन्ने प्रेमबहादुर थापा मगरले नुवाकोट घर भएका भनिएका करिब ४८ वर्षीय दिलीप तामाङ नाम गरेका अर्का मजदुरमाथि चक्कु प्रहार गरेका थिए। उक्त प्रहारबाट निजको मृत्यु भएको थियो।

तर, निज तामाङ थरेका ती मृतकका आफन्त, घरपरिवारका सदस्य अझसम्म पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। प्रहरीका अनुसार नुवकोटमाथि लेकमा घर भएको भनिएका ती युवक वर्ण गहुँ गोरो रहेको तथा प्याजी रङको टिसर्ट, सेतो पाइन्ट लगाएका छन्।

तनहुँ प्रहरीको फोन नम्बर ०६५५६३१९९, ९८५६०९०१७८ समेतका नम्बरमा तथा नजिकको प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न सूचित गरेको छ।

प्रकाशित: २ मंसिर २०८१ १४:२० | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast