विद्यार्थीको छात्रवृत्तिबारे केन्द्रको यस्तो अनुरोध

हिमाल प्रेस २ मंसिर २०८१ १०:११ | Sunday, November 17, 2024
विद्यार्थीको छात्रवृत्तिबारे केन्द्रको यस्तो अनुरोध

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीका छात्रवृत्ति फाराम भर्न भराउन अनुरोध गरेको छ।

सबै स्थानीय तहसहितलाई कात्तिक २९ गते पत्र पठाउँदै केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्न भराउन अनुरोध गरेको हो।

विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ उपदफा १ (क) अनुसार सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीका लागि आ.व. २०८१/२०८२ मा छात्रवृत्ति वितरण गर्ने प्रयोजनार्थ फाराम भर्न भराउन केन्द्रले अनुरोध गरेको छ।

आवश्यक समन्वय एवम् सहजीकरण गर्न शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय एकाइलाई अनुरोध गरिएको छ।

 

 

प्रकाशित: २ मंसिर २०८१ १०:११ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast