जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

हिमाल प्रेस २ मंसिर २०८१ ९:१७ | Sunday, November 17, 2024
जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

डोटी- शिखर नगरपालिका–८, खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१, सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ। ठक्कर दिने जिप र त्यसका चालकको खोजी भइरहेको जनाइएको छ। रासस

प्रकाशित: २ मंसिर २०८१ ९:१७ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast