सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हिमाल प्रेस १ मंसिर २०८१ १३:०१
6
SHARES
सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

राजविराज- उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरीका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत दीपक दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरे।

नगरपालिका कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो। सो क्रममा उनले उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैसँग अनुरोध गरे। साथै निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पालना सबैले गर्नुपर्ने उनले उल्लेख गरे।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालालगायतले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गरेका थिए।

प्रकाशित: १ मंसिर २०८१ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast