लाग्यो मंसिर, कति छन् विवाहका लगन?

हिमाल प्रेस १ मंसिर २०८१ ८:४१
8
SHARES
लाग्यो मंसिर, कति छन् विवाहका लगन?

काठमाडौँ- आज मंसिर १ गते। हामी मंसिर भन्ने बित्तिकै विवाह गर्ने र अन्न भित्र्याउने समय मान्छौँ। विशेषतः अन्य महिनाका तुलनामा मंसिरमा विवाह बढी हुन्छन्। विवाहका लागि लगन चाहिन्छ।

यसवर्षको मंसिरमा एउटा मात्र लगन छन्। आउँदो मंसिर ८ गते विवाहका साइत छन् । यो एक दिनमा बिहे गर्न नभ्याउनेले भने अब लगनका लागि दुई महिना कुर्नुपर्ने भएको छ ।

मंसिरको ८ गते मात्रै विवाह साइत जुरेको छ। मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ ।

किनभने ज्योतिषीय गणनाअनुसार पुस महिनामा शुभ साइत जुराउन कठिन मानिन्छ। विवाहको लगन हुँदैन। माघ ४ गते र २५ गते साइत छ । माघ महिनामा पनि जम्माजम्मी दुईदिन मात्रै विवाहको साइत छ। फागुनमा भने ८ दिन साइत जुरेको छ । १, ६, ८, ९,१३, २२, २३ र २८ गते बिहेको लगन जुरेको छ।

प्रकाशित: १ मंसिर २०८१ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast