हलमा नीता र हरिहरकाे ‘ह्रस्व दीर्घ’

हिमाल प्रेस ३० कार्तिक २०८१ १०:५२ | Friday, November 15, 2024
हलमा नीता र हरिहरकाे ‘ह्रस्व दीर्घ’

काठमाडौँ- शुक्रबार (आज) बिहानदेखि हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन भइरहेको छ। नीता ढुङ्गाना र हरिहर अधिकारीको मुख्य भूमिका रहेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्।

हलमा फिल्मको बिहानी सो दर्शकको उपस्थिति उत्साहजनक रहेको निर्माण टिमले जनाएको छ। फिल्मले पहिलो दिन देशैभर सय भन्दा बढी सो पाएको छ। नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्ममा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।

अभिनेता हरिहर अधिकारीको कथा रहेको फिल्ममा उनीसहित प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा अभिनेत्री नीता ढुङ्गानाले लगानी गरेकी छन्। फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन्। फिल्म नेपाली, हिन्दी र तेलुगु भाषामा प्रदर्शन हुनेछ।

यो सँगै हलमा सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को उच्च सो सहित प्रदर्शन भइरहेको छ। त्यस्तै हलमा ‘१२ गाउँ’, ‘भूलभुलैया ३’, छक्कापञ्जा ५’ पनि सीमित सो मा चलिरहेको छ।

प्रकाशित: ३० कार्तिक २०८१ १०:५२ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast