पाथीभरादेवीको दर्शन गर्दै तपाईँको राशिफल हेर्नुस्

हिमाल प्रेस ३० कार्तिक २०८१ ३:५९ | Friday, November 15, 2024
पाथीभरादेवीको दर्शन गर्दै तपाईँको राशिफल हेर्नुस् पाथीभरा । फाइल तस्बिर

आज मिति २०८१ कात्तिक ३० गते शुक्रबार, तदनुसार २०२४ नोभेम्बर १५, कात्तिक शुक्ल पूर्णिमा तिथि। व्यतिपात वणिज भरणी पञ्चाङ्गको दिनको राशिफल। यो राशि जो. जगदीश सुवेदीले तयार पारेका हुन्। आज  पाथीभरादेवीको दर्शन गर्ने उत्तम दिन पनि हो।

मेष

साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ। व्यवसायमा प्रसस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

वृष

टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

मिथुन

व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ।

कर्कट

सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यवसायबाट लाभ मिल्नेछ।

सिंह

नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।

कन्या

परोपकारी काममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

तुला

सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

वृश्चिक

व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा प्रगति हुनेछ।

धनु

रोकिएका अधुरा काम सुचारु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ।

मकर

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कुम्भ

सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्त्वपूर्ण काम सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मीन

सोचेको काम बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

प्रकाशित: ३० कार्तिक २०८१ ३:५९ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast