नेपालका लागि फ्रान्सकी राजदूत र पोखरा महानगर प्रमुखबीच भेटवार्ता

हिमाल प्रेस २९ कार्तिक २०८१ २१:१५
8
SHARES
नेपालका लागि फ्रान्सकी राजदूत र पोखरा महानगर प्रमुखबीच भेटवार्ता

पोखरा- नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच आज (बिहीबार) भेटवार्ता भएको छ। पहिलो पटक पोखरा आएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो।

अन्नपूर्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए। उनका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्षगाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताएकी थिइन्।

फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी विश्वमा पर्वतारोहणको इतिहासको थालनी गरेका थिए। हर्जोगले आफ्ना सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको पहिलो पटक सफल आरोहण गरेका थिए।

अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको भौगर्भिक परीक्षण (जियोलोजिकल सर्भे)का लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुईपक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो।

प्रकाशित: २९ कार्तिक २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast