पूर्वप्रधानमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत ताइयोङबीच डल्लुमा भेटवार्ता

हिमाल प्रेस २९ कार्तिक २०८१ १०:२८
50
SHARES
पूर्वप्रधानमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत ताइयोङबीच डल्लुमा भेटवार्ता

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा भेटवार्ता भएको छ।

खनालको निजी निवास काठमाडौँको डल्लुमा भएको भेटवार्तामा खनालले राजदूत महोदयहरूलाई नेपाल र कोरिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए। उनले नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र यो द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरे।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए।

भेटमा दुई देशबीचको आपसी हित एवं चासोको विषयमा लामो कुराकानी भएको थियो।

प्रकाशित: २९ कार्तिक २०८१ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast