 
                             
                                            तनहुँ- शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा जुवाको खालबाट छ लाख ४३ हजार एक सय ९० रुपैयाँ सहित १३ जना पक्राउ परेका छन्।
स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरूलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।
खालबाट १६ थान कौडा बरामद भएको छ। उनीहरूमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
                            प्रकाशित: २९ कार्तिक  २०८१ ९:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 