गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

हिमाल प्रेस २९ कार्तिक २०८१ ७:४४ | Thursday, November 14, 2024
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन विमला गौतम। फाइल तस्बिर

म्याग्दी- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए। उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएका छन्।

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८१ ७:४४ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast