पर्यटनमन्त्रीले भने : करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोड्दिन्छु

हिमाल प्रेस २७ कार्तिक २०८१ १६:३१
1.6k
SHARES
पर्यटनमन्त्रीले भने : करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोड्दिन्छु

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आफूले विभिन्न स्वार्थ समूहका मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन्। मंगलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले इमान्दार भएर काम गर्दा स्वार्थ समूहले आफूलाई घेराबन्दी गर्न खोजेको आरोप पनि लगाए। ‘पहिला राजनीति गर्ने व्यक्तिहरू बलियो हुनुहुन्थ्यो। अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु,’ उनले भने, ‘मैले तीन चारमहिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने, मेरो मनोबल, आत्मबलाई गिराउने गरी काम गरिरहेका छन्।’

उनले आफूले करोडौँ घूस खाएको भनेर लगाइएको आरोप झुटो भएको पनि बताए। पाण्डेलाई नेपाली कांग्रेसका सांसद राजेन्द्र बज्गाईँले करोडौँ घूस खाएको गम्भीर आरोप लगाएका छन्। पाण्डे कांग्रेसका सहमहमन्त्रीसमेत हुन्। पाण्डेले उक्त आरोपको खण्डन गर्दै भने, ‘म पशुपतिनाथको मन्दिरअगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर, केही विचौलीयाका मतियारहरूले आरोप लागएका छन्। कारोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोकाअगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहान्छु।’

उनले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पारे। उनले आफू संस्कृत पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दे आफूले राजनीतिलाई सेवाभावको रुपमा बुझेको पनि बताए।

राजनीतिकभित्र विकृति विसंगतीका मतियारहरूले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दै अपवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गरे।

प्रकाशित: २७ कार्तिक २०८१ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast