काठमाडौँ- कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउ परेको सूचना प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ। आज सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेशसभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ।
अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ। जापानमा मानव तस्करी गरेको आरोप अधिकारीमाथि छ। उनलाई काठमाडौँ जिल्ला अदालतले दुई दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति पनि दिएको छ। उनलाई हिजो आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ।
प्रकाशित: २६ कार्तिक २०८१ १४:५३
प्रतिक्रिया