केपी ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन्। सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अहिले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका हुन्।
उनले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेको समेत बताए। प्रधानमन्त्री ओली धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहका लागि विराटनगर हुँदै धरान पुगेका हुन्।
प्रकाशित: २६ कार्तिक २०८१ १४:०८ | Monday, November 11, 2024
प्रतिक्रिया




