युक्रेनले मस्कोमा गर्‍यो ३४ वटा ड्रोन आक्रमण

हिमाल प्रेस २५ कार्तिक २०८१ १९:४६ | Sunday, November 10, 2024
युक्रेनले मस्कोमा गर्‍यो ३४ वटा ड्रोन आक्रमण

मस्को (रासस/एएफपी)- युक्रेनले रूसको मस्कोमा ड्रोन आक्रमण गरेको छ। रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाई रक्षा प्रणालीले खसालिदिएको बताएको छ।

आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा ठूलो आक्रमण भनेको छ।

मस्कोका तीन वटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न बाध्य पारिएको थियो। उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्को क्षेत्रको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन्।

मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुर्स्कमा पनि सोही सङ्ख्यामा ड्रोन आक्रमण भएको रूसले पुष्टि गरेको छ। मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो क्षेत्रमा ड्रोन खसालेको बताएका छन्।

प्रकाशित: २५ कार्तिक २०८१ १९:४६ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast