हवाई भाडा अकासिएको भन्दै सांसद बजगाईँले गरे सांकेतिक विरोध

हिमाल प्रेस २५ कार्तिक २०८१ १५:२० | Sunday, November 10, 2024
हवाई भाडा अकासिएको भन्दै सांसद बजगाईँले गरे सांकेतिक विरोध

काठमाडौँ- गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता राजेन्द्र बज्गाईँले अन्तराष्ट्रिय हवाई भाडा बढेको र त्यसको प्रत्यक्ष मार विदेशिने श्रमिकमा परेको भन्दै सांकेतिक विरोध प्रदर्शन गरेका छन्। आज आइतबार माइतीघरमा उनले विरोध प्रदर्शन गरेका हुन्।

सरकारले हवाई भाडा नियन्त्रण गर्न नसकेको र यसबाट प्रत्यक्ष रूपमा खाडी राष्ट्र मुलुक जाने मजदुर समस्यामा परेकाले सांकेतिक विरोध प्रदर्शन गरिएको बजगाइँले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नती गर्न दैनिक १० घन्टा बन्द गर्दा उडानको चाप छ। सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी नगर्दा पनि समस्याहरू देखिएको बजगाईले बताए।

हवाई भाडा महँगो हुन थालेको गुनासा आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई यात्रु मारमा नपर्ने गरी टिकट उपलब्ध गराउन पनि निर्देशन गरिसकेको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १५:२० | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast