सिटीको खस्कदो लयले लिभरपुललाई फाइदा

हिमाल प्रेस २५ कार्तिक २०८१ ७:२२ | Sunday, November 10, 2024
सिटीको खस्कदो लयले लिभरपुललाई फाइदा

काठमाडौँ- इंग्लिस क्लव म्यानचेस्टर सिटीको खस्कदो लयले लिभरपुललाई फाइदा पुगेको छ। एस्टोन भिल्लालाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो।

शनिबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले एस्टोन भिल्लालाई २-० गोल अन्तरले पाखा लगाएको हो। लिभरपुलको जितमा डार्विन नुनेज र मोहम्म सलाहले समान एकएक गोल गरे।

पहिलो हाफको २० औँ मिनेटमा नुनेजको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। मोहम्मद सलाहले मिलाएको पासमा नुनेजले बललाई पोष्टको जाली चुमाएका थिए। खेलको ८४ औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले २-० को जित दर्ता गरेको हो। यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

११ खेलमा ९ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको लिभरपुलको २८ अंक छ। समान खेलबाट दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ। सिटीले लिगमा ७ खेलमा जित, समान २ खेलमा बराबरी र हारको नतिजा ल्याएको छ।

गएराति नै भएको खेलमा सिटी ब्राइटनसँग २-१ ले पराजित भयो। वुल्भ्सले साउथहेप्टनमाथि २-० को जित दर्ता गर्दा फुलहामले क्रिस्टल प्यालेसमाथि २-० को नै जित दर्ता गरेको छ।

अर्को खेलमा ब्रेनफोर्डले एफसी वर्नमाउथलाई ३-२ को जित निकाल्दा वेस्ट ह्याम र एभर्टनले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रकाशित: २५ कार्तिक २०८१ ७:२२ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast