काठमाडौँ-काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबार साँझ (कात्तिक २० गते) ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
एयर अरेबियाको उडान नं जी ९५३० मा शारजाहबाट काठमाडौँ आएका एक चिनियाँ नागरिक र दुई म्यानमारका नागरिकलाई सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ रइ नोङ फुलाई उक्त सुनससहित नियन्त्रणमा लिइएको उनको भनाइ छ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा सुन फेला परेको थापाले जानकारी दिए। उनका अनुसार ती विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ।
प्रकाशित: २१ कार्तिक २०८१ ८:३१
प्रतिक्रिया