नेपाल र स्कटल्यान्डबीचको खेल रद्द, १-१ अंक बाँडे

हिमाल प्रेस २० कार्तिक २०८१ ६:४६
138
SHARES
नेपाल र स्कटल्यान्डबीचको खेल रद्द, १-१ अंक बाँडे

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ। ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो।

डालसमा आधिहुरीको सम्भावना देखिएपछि खेल स्थगित भएको हो। योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्।

नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ। नेपालले अब लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा गएर खेल्नेछ। उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २० कार्तिक २०८१ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast