नेपालले इङ्ल्यान्डलाई ६ विकेटले हरायो, सन्दीपको अर्धशतक

हिमाल प्रेस १६ कार्तिक २०८१ ८:१८
64
SHARES
नेपालले इङ्ल्यान्डलाई ६ विकेटले हरायो, सन्दीपको अर्धशतक

काठमाडौँ- नेपालले हङ्कङमा जारी २०औं हङ्कङ सिक्सेसमा इंग्ल्यान्डमाथि ६ विकेटको जित निकालेको छ।

नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको थियो। नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो। नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ५० रन बनाए। उनले ४ चौका र ६ छक्का हाने।

लोकेश बमले ११ बलमा २० रन बनाए। उनले एक चौका र दुई छक्का प्रहार गरे। नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।

कप्तान रवि बोपाराले १२ बलमा ४९ रन बनाए। उनले एक चौका र सात छक्का प्रहार गरे। यस्तै, समित पटेलले १७ बलमा ३९ रन बनाए।

नेपाली बलर विवेक यादव र प्रतिश जीसीले दुई/दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा एक/एक विकेट रह्यो।

नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ।

प्रकाशित: १६ कार्तिक २०८१ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast