विचार विमर्श र स्रष्टा सम्मान गरी मनाइयो देवकोटा जयन्ती

हिमाल प्रेस १५ कार्तिक २०८१ १७:३६ | Thursday, October 31, 2024
विचार विमर्श र स्रष्टा सम्मान गरी मनाइयो देवकोटा जयन्ती

काठमाडौँ- काठमाडौँ महानगरपालिका–६ बौद्ध महांकाल पानीट्यांकीस्थित कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिको आयोजनामा बिहीबार ‘नेपाली साहित्यमा आजका पुस्ता’ विषयमा विचार विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीका अवसरमा गरिएको हो। उक्त कार्यक्रममा ख्यातिप्राप्त गीतकार एवम् कवि कालीप्रसाद रिजाल, वरिष्ठ कलाकार एवम् साहित्यकार स्व. मनुजबाबु मिश्र र संगीतकार सागर न्यौपानेलाई सम्मान गरिएको थियो।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार विजय चालिसे र संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति विशालकुमार न्यौपानेले प्रशंसापत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरू कालीप्रसाद रिजाल, सागर न्यौपाने र स्व. मनुजबाबु मिश्रका तर्फबाट उनका पुत्र रोशन मिश्रले युवा पुस्तालाई साहित्य, कला र संस्कृति संरक्षणमा जुट्न आग्रह गरे। अग्रजहरूको मार्गदर्शनबाट आफ्नो सभ्यता, संस्कृति र कलाका क्षेत्रमा लाग्नुपर्नेमा जोड दिँदै उनीहरूले देवकाटोजस्ता विशिष्ट साधकको मार्गलाई थोरै भए पनि अनुशरण गर्न युवा पुस्तालाई अनुरोध गरेका थिए।

कार्यक्रममा साहित्यकार चालिसे, संघीय प्रतिनिधिसभाका सदस्य विजय चालिसे, कार्यक्रमकमा संयोजक पूर्वराजदूत रमेशप्रसाद खनाल, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अरुणिमा शैक्षिक प्रतिष्ठानका प्रमुख बटु न्यौपाने, समाजसेवी डा. रमेशबाबु शर्माज्यूले हरेक क्षेत्रमा लागेका नागरिकले पनि महाकवि देवकोटाले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। समारोहमा कविहरूले रचना वाचन गरेका थिए।

विशालकुमार न्यौपानेको सभापतित्वमा भएको समारोहमा कार्यक्रमका सहसंयोजक समाजसेवी दिवाकर न्यौपानेले अतिथिलाई स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्णकुमार न्यौपानेले गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०८१ १७:३६ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast