देउसी खेलेर क्याम्पसमा अक्षयकोष स्थापनाको प्रयास

हिमाल प्रेस १५ कार्तिक २०८१ ११:४८ | Thursday, October 31, 2024
देउसी खेलेर क्याम्पसमा अक्षयकोष स्थापनाको प्रयास

गलेश्वर- जिल्लाको पश्चिमी भागमा अवस्थित मंगला शिक्षा क्याम्पसले अक्षयकोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ संकलनको प्रयास गरेको छ।

मंगला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रम दुई लाख ७५ हजार रुपैयाँ संकलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए। देउसीमा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले पनि साथ दिएकी थिइन्।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसको नियमित आयस्रोत नहुँदा अध्यापकलाई तलबको व्यवस्था गर्न पनि समस्या परेका बेला कोष वृद्धिका निम्ति देउसीभैलो कार्यक्रम गरी समस्या समाधानको प्रयास हुनु सराहनीय भएको बताए । पालिकाका तर्फबाट क्याम्पसलाई सक्दो सहयोग हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रकाशित: १५ कार्तिक २०८१ ११:४८ | Thursday, October 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast