‘केटी हराएको सूचना’ काे ट्रेलरमा के छ?

हिमाल प्रेस १४ कार्तिक २०८१ १६:२० | Wednesday, October 30, 2024
‘केटी हराएको सूचना’ काे ट्रेलरमा के छ?

काठमाडौँ- फिल्म ‘केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक भएको छ। चार मिनेट सात सेकेन्डको ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको पहिलो भेटदेखि प्रेम जीवनमा आइपरेको उतारचढाव प्रस्तुत गरिएको छ। फिल्ममा नाजिर राम र सृष्टि सीता पात्र बनेका छन्। कलाकार बुद्धी तामाङले कथा भनिरहेका छन्।

दीपेन्द्र गौचन निर्देशित फिल्म यही कात्तिक ३० मा प्रदर्शन हुनेछ। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ। फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो। फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

अमर महर्जनको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी छ।

प्रकाशित: १४ कार्तिक २०८१ १६:२० | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast