भरूवा बन्दुकसहित तीनजना पक्राउ

हिमाल प्रेस १२ कार्तिक २०८१ १२:५७
4
SHARES
भरूवा बन्दुकसहित तीनजना पक्राउ सांकेतिक तस्बिर

काठमाडौँ- बर्दियामा भरूवा बन्दुकसहित तीनजना पक्राउ परेका छन्। मधुवन नगरपालिका-३ स्थित कोठिया सामुदायिक वनबाट एक थान भरूवा बन्दुकसहित उनीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजापुर नगरपालिका-१०, नर्सरी बस्ने ६३ वर्षीय चन्द्रबहादुर भण्डारी समेत तीनजना छन्। जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको जनाइएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =