कति छ आज विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस १२ कार्तिक २०८१ ६:३२ | Monday, October 28, 2024
कति छ आज विदेशी मुद्राको विनिमय दर? नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य यथावत छ। तर, कुबेती दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा छ।

हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ र बिक्रीदर एक सय ७४ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा थियो।

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा कायम भएको छ। कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा कायम भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: १२ कार्तिक २०८१ ६:३२ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast