‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’

हिमाल प्रेस ११ कार्तिक २०८१ १२:०९ | Sunday, October 27, 2024
‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’

काठमाडौँ- फिल्म ‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर छ।

लोकमणि पौडेलको शब्द रहेको गीतमा परशुराम अधिकारीले संगीत भरेका छन्। गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरलाकुमारी पाण्डे, प्रसिना आचार्यलगायत कलाकारको अभिनय छ।

विवाहको सेटमा तयार परिएको गीतको भिडियो रत्यौली खेल्दै गाइने झ्याउरे शेलीमा छ। भिडियोमा पश्चिमाञ्चलतिर प्रचलनमा रहेको रत्यौलीमा छोरी छोरा बनेर नाच्ने प्रचलन देखाइएको छ। जसलाई ‘लुठो’ बन्ने भन्ने गरिन्छ। भिडियोमा रमा त्रिपाठी लूठो बनेकी छन्।

फिल्म साहित्यकार तथा पत्रकार लोकमणी पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित छ। फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्।

मंसिर ७ मा प्रदर्शन हुने फिल्ममा बोक्सीको लागेको भन्दै धामीझाँक्री र समाजले महिलालाई दिने यातना र मानसिक असन्तुलनको कथालाई मुख्य विषयवस्तु बनाइएको छ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङलगायतको अभिनय छ ।

लोकमणी पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पनामा बनेको फिल्म परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन छ।

प्रकाशित: ११ कार्तिक २०८१ १२:०९ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast