लुम्बिनी प्रदेशमा फेरि उत्कृष्ट बन्यो अर्घाखाँची प्रहरी

हिमाल प्रेस ९ कार्तिक २०८१ २०:१६
16
SHARES
लुम्बिनी प्रदेशमा फेरि उत्कृष्ट बन्यो अर्घाखाँची प्रहरी

अर्घाखाँची- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्य सम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्यांकनमा तोकिएका नतिजा सूचकहरु उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो।

‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ अभियानमा उत्कृष्ट कार्य गरेबापत् लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी अर्घाखाँचीलाई प्रशंसापत्र प्रदान गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।

लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक वर्ष कार्य सम्पादन सम्झौता गर्दै आएको छ। गत वर्षको मूल्यांकनमा पनि अर्घाखाँची प्रहरी नै प्रथम भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =