‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दीमा एकैदिन प्रदर्शन हुने

हिमाल प्रेस ९ कार्तिक २०८१ १३:२८
26
SHARES
‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दीमा एकैदिन प्रदर्शन हुने

काठमाडौँ- अभिनेत्री नीता ढुंगानाको लगानीमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दी भाषामा एकै दिन प्रदर्शन हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टले फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो। फिल्म यही कात्तिक ३० मा प्रदर्शन हुनेछ।

विदेशमा पनि एकसाता पछि अर्थात् मंसिर ७ देखि दुवै भाषामा प्रदर्शन हुने निर्मात्री नीता ढुंगानाले बताइन्।

नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात फिल्म तेलुगु भाषामा पनि प्रदर्शन गर्ने तयारी भैरहेको अभिनेता हरिहर अधिकारीले बताए। ‘हाम्रो फिल्ममा धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा भारतमा प्रथामिकताका साथ प्रदर्शन गर्नेछौँ।’ उनले भने। भारतीय वितरकले पनि आफ्नो फिल्मप्रति चासो देखाएको अभिनेता हरिहरले बताए।

फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना मुख्य भूमिकामा छन्। साथै फिल्ममा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।

अभिनेता हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ। बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। यो उनको डेब्यु नेपाली फिल्म हो। यसअघि उनले भोजपुरी फिल्मको निर्देशन र केही नेपाली फिल्मको द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका छन्। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast